२९ फाल्गुण २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण २५, २०७७

त्रिशूलीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ।

मंगलबार बिहान पौने १ बजे बेनिघाट रोराङ गाउँपालिका-१० तिङग्राङखानीस्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा ट्रक खसेको थियो।इलाका प्रहरी कार्यालय, गजुरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) भोजराज पाण्डेका अनुसार रूपन्देहीबाट काठमाडौं सिमेन्ट बोकेको ट्रक नदीमा खसेको हो।ट्रक खस्दा चालक काभ्रे बनेपा नगरपालिका नालाका ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको इन्स्पेक्टर पाण्डेले बताए।

पाण्डेका अनुसार उनीहरूको ट्रककै क्याबिनमा थिचिएर मृत्यु भएको हो।क्याबिनमा च्यापिएका उनीहरूको शव प्रहरीले तीन घण्टा लगाएर निकालेको थियो।

पोस्टमार्टमको लागि दुबैको शव प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको छ। घटना के कसरी भएको भन्ने अनुसन्धान भइरहेको इन्स्पेक्टर पाण्डेले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]