२१ कार्तिक २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण २५, २०७७
Sorry No Photo is selected hare

नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिदा गरेर आफ्नै पार्टीको नेतृत्वमा नयाँ सरकार गठनको गृहकार्य सुरु गरेको छ।

सर्वाेच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्केसँगै अब कांग्रेसले नयाँ सरकार गठनका लागि एमाले बाहेकका शक्तिसँग सहकार्य गर्ने भएको हो।अदालतकाे फैसलासँगै १२१ सिट रहेकाे नेकपा एमाले पहिलाे, ६३ सिट रहेकाे कांग्रेस दाेस्राे र ५३ सिट रहेकाे माओवादी केन्द्र तेस्राे हैसियतमा पुगेका छन्। ३४ सिटसहित जसपा चाैथाे हैसियतमा छ।कांग्रेसमा सभापति शेरबहादुर देउवा निकट नेता एनपी साउदले ओली नेतृत्वकाे सरकारलाई बिदा गर्दै एमाले बाहेकका शक्तिसँग मिलेर कांग्रेसले नयाँ सरकार गठनकाे गृहकार्य गर्ने बताए।

नयाँ सरकारका लागि दुई ठूला दल एमाले र कांग्रेसकाे सहकार्य हुने सम्भावना निकै कम रहेकाे उनले बताए।‘या त अर्ली इलेक्सनमा जाने गरी सर्वदलीय सरकार गठन हुनुपर्‍याे, हैन भने एमालेबाहेकका शक्तिसँग मिलेर कांग्रेसले नयाँ सरकार बनाउने सम्भावना धेरै छ’, साउदले भने।यसअघि नयाँ सरकार गठनका लागि प्रधानमन्त्री बन्न प्रस्ताव आए पनि देउवाले नेकपा नफुट्दासम्म त्यसकाे सम्भावना नरहेकाे बताउँदै आएका थिए।सर्वाेच्चकाे आइतबारकाे फैसलापछि नेकपा एकीकरण बदर भएसँगै कांग्रेसले नयाँ सरकार गठनकाे गृहकार्य सुरु गरेकाे हाे।

अलग पार्टी भएसँगै माओवादी केन्द्रले समर्थन फिर्ता लिए एमाले अध्यक्ष केपी ओली नेतृत्वकाे सरकार अल्पमतमा पर्नेछ। त्यसपछि प्रधानमन्त्रीले सदनमा विश्वासकाे मत लिनुपर्छ।सरकारमा रहन १३८ सांसदकाे समर्थन चाहिने हुँदा माओवादी केन्द्रले समर्थन फिर्ता लिए विश्वासकाे मत जित्न ओलीलाई थप १८ सांसद आवश्यक पर्छन्। एमालेका १२१ सांसद मध्ये एक जनाकाे निधन भइसकेकाे छ।

माओवादी केन्द्रले सरकारलाई दिएकाे समर्थन फिर्ता लिनेबारे निर्णय गरिसकेकाे छैन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]