३१ जेठ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण २४, २०७७

कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको ७ महिनामा ८ प्रतिशत मात्रै विकास बजेट खर्च गरेको छ ।

गत साउनमा योजना कार्यान्वयन तथा बजेट खर्च वृद्धि गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै मन्त्रीसँग कार्यसम्पादन तथा मूल्यांकन करार सम्झौता गरे पनि विकास खर्च निराशाजनक देखिएको हो ।बजेट खर्च बढाउन मन्त्रीहरुले पनि सचिवहरुसँग कार्यसम्पादन सम्झौता गरेका थिए । तर दोस्रो चौमासिक सकिनै लाग्दा पनि बजेट कार्यान्वयनको अवस्था चिन्ताजनक देखिएको छ । चालू आर्थिक वर्षका लागि ३३ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको प्रदेश सरकारले ७ महिनामा ३ अर्ब ६० करोड रुपैयाँ खर्च गरेको छ । यो बजेटको १०.६८ प्रतिशत हो । जसमध्ये विकासतर्फको बजेट १ अर्ब ५७ करोड रुपैयाँ छ । जुन यो वर्ष विकासतर्फ छुट्याइएको १९ अर्ब ६९ करोड रुपैयाँको ८.२७ प्रतिशत हो ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार मन्त्रालयगत रूपमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ०.६९ प्रतिशत मात्रै विकास बजेट खर्चिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले १२.२९ प्रतिशत विकास बजेट खर्च गर्दा सामाजिक विकास मन्त्रालयले ६.८१, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले १३ र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ४. ८८ प्रतिशत खर्च गरेको छ । त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयले १.२४ र मुख्यमन्त्री कार्यालयले ०.०८ प्रतिशत विकास बजेट खर्च गरेको छ ।अघिल्ला वर्षहरुमा कानुन, कर्मचारी र संरचना अभावमा काम गर्न नसकेको बताएको कर्णाली सरकारले गत वर्ष पनि कोरोना भाइरसको महामारीका कारण अपेक्षाबमोजिम बजेट खर्च गर्न नसकेको स्पष्टोक्ति दियो । तर यस वर्ष पनि प्रदेश सरकारको बजेट कार्यान्वयनको प्रयास असफल देखिएको छ । चालू आर्थिक वर्ष सकिन ५ महिना मात्रै बाँकी रहँदा प्रदेश सरकारले अझै ३० अर्ब रुपैयाँ बजेट खर्च गर्न बाँकी नै छ । जसमध्ये १७ अर्ब ४९ करोड रुपैयाँ विकास बजेट खर्च गर्नुपर्ने हुन्छ ।

प्रदेश सरकारले पहिलो चौमासिक खर्चको समिक्षा गर्दा दोस्रो चौमासिकमा विकासतर्फको ६० प्रतिशत बजेट खर्च हुने दाबी गरेको थियो । विकासका धेरै कामहरु निर्माणको अन्तिम चरणमा रहेकाले यो चौमासिकमा विकास खर्च बढ्ने प्रदेश सरकारकी प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]