१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण २४, २०७७

विराटनगर – विराटनगरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नामबाट पार्टीको गतिविधि सुरु गरिएको छ ।

एक कार्यक्रमबीच सोमबार एमालेको साबिक जिल्ला पार्टी कार्यालय पांचाली विराटनगरमा अवस्थित भवनमा संघीय मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा नेकपा एमालेको बोर्ड टांगिएको हो । ढकालले त्यस अवसरमा कार्यकर्तालाई अभिवादन गरेका थिए । उनले यो ऐतिहासिक अवसर भएको बताएका छन् ।एमाले र माओवादीको एकीकरण भएपछि मदन स्मृति भवनमा पार्टीको कार्यालय संचालनमा आएको थियो । तर, सोमबार मध्यान्नदेखि भने नेकपा एमालेको बोर्ड टांगिएको छ । त्यसयता नेकपा अध्यक्ष पुष्पकमल दाहालदेखि केपी ओलीसम्म यही भवनमा आएर कार्यक्रम सहभागी हुने गरेका थिए ।

सर्वोच्च अदालतले नेकपालाई खारेज गरी नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएसँगै विराटनगरमा साविक एमालेका कार्यकर्ताले आफ्नो पार्टी कार्यालयमा गतिविधि सुरु गरेका हु्न । कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य गुरु बरालले देशलाई समृद्ध बनाउँदै अघि बढ्नु पर्छ भन्ने मान्यताले पार्टी एकता गर पनि त्यसले काम गर्न नसकेको बताए । भने,“पार्टीले गति लिन सकेन । काम गर्न सकिएन । खासगरी प्रचण्डका गतिविधिले गर्दा नै धेरै व्यवधानहरु आएका थिए । अब सर्वोच्चले बाटो तय गरिएको छ । यो सार्थक छ ।”

उनले एमालेले अब आफ्नो विगतको पहिचान झल्काउने गरी अघि बढ्नु पर्ने बताए । केन्द्रीय सदस्य विनोद ढकालले एउटा लक्ष्यसाथ केपी ओलीले पार्टी एकता गरे पनि त्यसमा धेरै नेता मनबाटै जोडिन नसकेको बताउँदै भने,“अब पनि आउन चाहनेलाई स्वागत गर्ने दिशामा एमाले नै अघि बढ्नुपर्छ । ढोका बन्द गर्नु हुँदैन ।”कानुन व्यवसायी हेमराज पन्तले सर्वोच्चमा फेरि पुनरावलोकन हुन्छ भनेर संशकित हुनुपर्दैन भन्दै संविधानको मर्मअनुसार नै फैसला आएको सुनाए ।

उनले फैसलाको पूर्णपाठ नै आईसकेकोले फेरि के होला भन्ने द्विविधा नरहेको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]