३० फाल्गुण २०८२, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण २४, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको हो भनेर सोध्न सर्वोच्च अदालत जान प्रचण्ड-माधव नेपाल पक्षलाई सुझाव दिएका छन् ।

प्रतिनिधि सभाको आइतवारको बैठकमा सांसद भीम रावलले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफू नेकपाको साधारण सदस्य पनि नरहेको बताए ।’हिजो प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोधिराख्या थ्यो, मैले उहाँहरूलाई सोध्नु नपरोस् तपाईंहरू कुन पार्टीको ?’ ओलीले भने, ‘मलाई नेकपाको साधारण सदस्यबाट निकाल्या रे ! म साधारण सदस्य पनि होइन नेकपाको । अदालतले भन्यो नि त म कुन पार्टीको सदस्य हो, कुन पार्टीको अध्यक्ष हो ।’

नारी दिवसका अवसरमा सोमवार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले थपे, ‘हुँदाहुँदा प्रधानमन्त्री कुन पार्टीको हो जानकारी पाऊँ रे ! सर्वोच्चमा सोध्न जानु कुन पार्टीको हो ।’उनले आफूले हारे पनि सर्वोच्चको फैसलाको सम्मान गर्ने बताए ।’एउटा फैसला गर्‍यो अदालतको जयजयकार, अर्को फैसला के गर्‍यो राजनीतिमा हात हाल्न पाइन्छ !’ प्रचण्ड-नेपाल पक्षप्रति कटाक्ष गर्दै ओलीले भने, ‘मैले त जुन पनि मुद्दा हारिराख्या छु । मान्या छु ।’

सर्वोच्च अदालतले आइतवार ऋषि कट्टेलको पार्टीलाई नेकपा नामको आधिकारिकता दिँदै एकता अघिका एमाले र माओवादी केन्द्र ब्युँताइदिएको थियो ।
(फाइल फोटो)

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]