१६ बैशाख २०८२, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण २४, २०७७

भारतको गाजियाबादमा रहेको मुरादनगरमा एक निजी विद्यालयमा शनिवार शिक्षकमाथि गोली प्रहार गरिएको छ ।

कक्षा १२ चलिरहँदा एक विद्यार्थीले अन्य विद्यार्थीमाथि दुर्व्यवहार गरेपछि शिक्षकले हप्काएका थिए । हप्काइ खाएका विद्यार्थीले आफ्ना दुई साथीहरूसँग मिलेर सचिन त्यागी नामक शिक्षकलाई कृष्ण विद्या निकेतन विद्यालयको गेट नजिक ढुकेर बसेका थिए । कक्षा सकिएर त्यागी विद्यालयबाहिर मोटरसाइकलमा निस्कँदा विद्यार्थीले गोली प्रहार गरेका थिए । सीसीटीभी फूटेज हेर्दा त्यागीलाई अलिकतिले गर्दा गोली नलागेको देखिन्छ ।

‘आरोपित विद्यार्थी र उनका दुई साथीहरू गेटभन्दा १५० मिटर पर बसेका थिए । उनीहरूले शिक्षकको बाइक रोके र गोली प्रहार गरे,’ एसपी इराज राजाले बताए । गोली प्रहार गरेपछि तीनै विद्यार्थी स्कूटर छोडेर त्यहाँबाट भागे । त्यागीलाई गोली लागेन अनि विद्यार्थीहरू भागेपछि उनी बाइक लिएर घर गए । घटनाको एक घन्टापछि प्रहरी कार्यालय पुगेका त्यागीले आफूलाई गोली लागेको भनी दाहिने हातको घाउ देखाए । उनले विद्यार्थी तथा उनका साथीहरूका विरुद्ध ज्यान मार्ने प्रयासको उजुरी दिएका छन् ।

प्रहरीले उजुरी दर्ता गरेको छ । एसपी इराज राजाले शिक्षकलाई गोली नलागेको सीसीटीभी फूटेजबाट देखिने र चोटको निशान उनी आफैंले बनाएको हुन सक्ने बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]