०१ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण २४, २०७७

इजरायलका एफ–१५ लडाकू विमानहरूले आफ्नो हवाईक्षेत्रमा अमेरिकाका दुईवटा बी–५२ बमवर्षक विमानलाई उडानमा साथ दिएको इजरायलका रक्षा बलहरूले एक ट्वीटमार्फत जानकारी दिएका छन् ।

यो रणनीतिक उडान इजरायली तथा मध्यपूर्वी आकाशको सुरक्षा कायम राख्न महत्त्वपूर्ण रहेको इजरायली सेनाको भनाइ छ । उसले इरानलाई लक्षित गर्दै यो गतिविधि गरेको भनी स्पष्ट बताएन तर उक्त क्षेत्रमा तनावहरू चर्किएको स्थितिमा यो उडान इरानलाई शक्तिप्रदर्शन गर्नका लागि गरिएको प्रबल सम्भावना छ । उता इरानका रक्षामन्त्री अमिर हतामीले इरानमाथि इजरायलले आक्रमणको प्रयास गरेमा तेल अभिभ र हाइफालाई धूलिसात् बनाउने बताए । गत साता इजरायलका रक्षामन्त्री बेन्नी गान्जले इरानभित्र अनेकौं लक्ष्यहरूलाई तेल अभिभले पहिचान गरेको र त्यस विनाशले इरानलाई आणविक हतियार निर्माणको क्षमतामा नराम्रो आघात पुर्‍याउने बताए ।

इरानले आमविनाशकारी हतियार बनाइरहेको आरोप इजरायलले लगाएको छ तर इरानले त्यसलाई अस्वीकार गर्दै आएको छ । आफ्नो आणविक गतिविधि शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको इरानको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]