१७ मंसिर २०८०, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, कार्तिक १४, २०७७

सप्तरीमा इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको १४९१ औं जन्म जयन्ति शुक्रबार विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर विविध कार्यक्रमको आयोजना गरी मुस्लिम समुदायले आफ्ना प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्म जयन्ती मनाएका हुन् ।
मोहम्मद डे मनाउन प्रदेश २ सरकारले शुक्रबार प्रदेशभरि सार्वजनिक विदा नै दिएपछि उत्साह झनै थपिएको मुसलिम संगठन नेपालका सप्तरी संयोजक महमद डोमनले बताउनु भयो ।सप्तरी सदरमुकाम राजविराजमा नुरी जामे मस्जिद, अल्जामेतुल इश्लामिया गरिब नवाज, मदरसा इश्लामिया गरिब नवाज, इश्लामपुर पुरनी पोखरी लगायत मुस्लिम संघ संस्थाको अगुवाईमा बाजागाजा, झण्डा र सामाजिक सद्भाव तथा शान्तिको नाराका साथ बजार क्षेत्रमा ¥याली निकालिएको थियो ।
र्यालीमा बालबालिका र यूवाहरुको उल्लेख्य सहभागिता रहेको थियो । सो क्रममा मौलाना मोहम्मद इमामले मुश्लिम धर्मका प्रवर्तक हजरत मोहम्मदले दिएको ज्ञान र सन्देशको सबैले पालना गर्नुपर्नेमा जोड दिएका थिए । उहाँले हरेक धर्म, संस्कृति र भाषाको समृद्धी, संरक्षण र विकासका लागि प्रदेश २ सरकारले देखाएको सक्रियता प्रसंसनीय रहेको भन्दै धन्यवाद समेत व्यक्त गर्नु भयो ।
यसै अवसरमा जिल्लास्थित मस्जिदहरुमा प्रार्थनासभा तथा विपन्न समुदायमा लत्ताकपडा, फलफुल तथा खाद्यान्न समेत बितरण गरिएको मुश्लिम संगठन नेपालका सप्तरी संयोजक महमद डोमनले जानकारी दिनु भयो । इस्लामिक पात्रो अनुसार हिजरी सम्वतको रब्बी, अब्बल महिनामा विबि अमिनाको कोखबाट पैगम्बर हजरत मोहम्मदको जन्म भएको थियो । सोही दिन उहाँको सम्झनामा प्रत्येक वर्ष मुश्लिम समुदायले विविध कार्यक्रमको आयोजना गरी मोहम्मद डे मनाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]