३० जेठ २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण २४, २०७७

उदयपुर – सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी–घुर्मी सडक खण्ड स्थानीयले सडक विस्तारका क्रममा धुलाम्मे भयो भन्दै स्थानीयले यातायात बन्द गरेका छन्।

धुलो कम गर्ने समय–समयमा पानी हाल्न र समयमै काम सम्पन्न होस् भन्ने चेतावनी दिन स्थानीयले राजमार्ग बन्द हुन्।राजमार्ग अन्तर्गत कटारीको सिम्लेमा स्थानीयले आज बिहानैदेखि सडक अवरुद्ध गरेका छन्‌। ‘सडकमा ठूला-ठूला खाल्डाखुल्डी छ, साइकल र बाइकमा हिँड्नेको दुःखेसो अर्कै छ, एकसरो लाएको कपडा फेरि लगाउँला भन्नु त सपना जस्तै भएको छ,’ कटारी-४ सीम्लेका स्थानीय दीपक माकाजुले भने, ‘धुलोले गर्दा माइक्रो, ट्याम्पो र बसमा पनि यात्रा गर्न सकिँदैन।’

सडकमा आवतजावत गर्ने यात्रु मात्र होइन, त्यो लाइनमा सञ्चालन गरिएका होटल व्यवसाय पनि चौपट भएको होटल व्यवसायी अमर श्रेष्ठले बताए। श्रेष्ठले भने ‘सडकमा दिनभरि उड्ने धुलोका कारण आफ्नो व्यापार डुब्ला भन्ने चिन्ता थपिएको छ।’ठेकेदारले धुलाम्मे सडकमा पानी हाल्ने सहमति गरेको त्यसो नगरेको व्यवसायी जमानसिंह बस्नेतले बताए। ‘धुलोले कुहिरो लागे जस्तै हुन्छ, सडक समयमा नबन्दा स्थानीयको आफ्नो खानामा समेत धुलो पुग्ने गरेको छ,’ स्थानीय युवा दीपक राउतले बताए।

कटारी अस्पताल चोकदेखि ३२ सय मिटर सडक कालोपत्रे गर्ने भनी ठेकेदारले काम थालेर बीचमा अलपत्र बनाएर छाडेपछि स्थानीयहरू धूलोबाट आजित बनेका हुन्।केही समयअघि मरुवामा सडक अवरुद्ध भएपछि धुलो उड्न नदिन दिनमा २ पटक पानी हाल्ने सहमति भए सडक सुचारु भएको थियो। सहमति कार्यन्वयन नहुँदा समस्या भएको स्थानीयले गुनासो गरेका छन्‌।​उक्त सडक खण्डमा प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय मार्फत रौता सुसम आदित्य रेग्मी जेभीले काम गरेको हो। प्रदेश १ सरकारको भौतिक पूर्वाधार मन्त्रालय मार्फत ३ करोड २४ लाख ६ हजार ५ सय ७४ रुपैयाँ लागतमा त्यहाँ काम थालिएको हो।२०७६ चैत्र ६ गते सम्झौता गरेको ठेकेदारले ३२ सय मिटरमा कालोपत्रे गर्नुपर्ने उक्त सडक खण्डको काम समयमा ठेकेदारले नगर्दा समस्या भएको स्थानीयको गुनासो छ।

बारम्बार हामीले मेयर र उप-मेयरलाई कुरा राखेको तर मेयर उप–मेयरले चासो नदिएको कारण समस्या भएको स्थानीयको गुनासो छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]