३० फाल्गुण २०८२, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण २४, २०७७

कोभिड–१९ को महामारीलाई ध्यानमा राख्दै यसपटकको महाशिवरात्री तथा सेना दिवसमा विगतमा जस्तो भोज तथा सांस्कृतिक कार्यक्रम नगरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जनाएको छ ।

निर्देशनालयका अनुसार २७ फागुनमा महाशिवरात्री तथा सेना दिवस–२०७७ को अवसरमा नेपाली सेनाले काठमाडौको सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोहमा १२ सय फौज घटाइएको छ ।यस वर्ष सेनाको दिवसमा सांस्कृतिक कार्यक्रम नगरिने भएको छ ।यसअघि सेना दिवसको अवसरमा ३ हजार भन्दा बढी सय फौज परिचालन हुँदै आएका थिए ।सेनाले फागुन २६ मा वीर स्मारक, छाउनीमा प्रधान सेनापतिबाट नेपाली सेनाका विरगति प्राप्त गर्ने सकलदर्जाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्ने तथा वीरगति प्राप्त सकलदर्जाका एकल महिलाहरुलाई सम्मान गर्ने कार्यक्रम राखेको छ।

यस्तै २७ फागुजनमा सैनिक मन्च, टुँडिखेलमा राष्ट्रपतिको प्रमुख आतिथ्यमा बख्तरबन्द गाडी तथा विभिन्न हतियार तथा ईक्युप्मेन्टहरुको प्रदर्शन, ब्याण्ड डिस्प्ले, नेपाली सेनाका हेलिकप्टरहरुबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस–२०७७ लेखिएको ब्यानर प्रदर्शन र पुष्पबृष्टि तथा हवाइ जहाजहरुबाट पाराजम्प प्रदर्शनलाई भने निरन्तरता दिइने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]