१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण २३, २०७७

धनगढी – कञ्चनपुरको भीमदत्त नगरपालिका–९ चुरे क्षेत्रमा रहेको झिलमिला ताललाई क्षेत्रमा सौर्य बत्ती जडान गरिएको छ।

ताललाई पर्यटकीय गन्तव्यका रुपमा थप विकास गर्न प्रदेश सरकारले बत्ती जडान गरेको छ। बत्ती जडानपछि ताल झलमल बनेको छ। बत्ती जडानमा २७ लाख १८ हजार रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ। ताल क्षेत्रमा बत्ती जडान भएपछि स्थानीयमा खुसी छाएको छ। स्थानीय लालबहादुर थापाले यस क्षेत्रको भविष्य उज्यालो हुने विश्वास व्यक्त गरे। उनले सडकको स्तरोन्नति र पर्यटकहरुका लागि धर्मशालाको निर्माण भए अझै सहज हुने बताए।भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव गणेश राज भट्टले पर्यटकीय र सांस्कृतिक सम्पदाहरुको विकास र जगेर्ना गर्दै मुल प्रवाहमा ल्याउनुपर्ने बताए।उक्त ताल कञ्चनपुर सदरमुकाम भीमदत्तनगरबाट २५ किलोमिटर उत्तरी क्षेत्रमा छ।

समुद्र सतहदेखि करिब ६८० मिटर उचाइमा रहेको तालको चारैतिरका डाँडा हरियो वनले ढाकिएका छन्। यस तालले दिनमा तीन पटक रंग फेर्ने स्थानीयहरु बताउँछन्। ताल प्राकृतिक, धार्मिक र ऐतिहासिक हिसाबले निकै महत्वपूर्ण भएकाले छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थी आउने गर्दछन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]