पोखरा – पोखरा स्कुटरलाई बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
आइताबार बिहान पोखरा ७ बुलौदीमा स्कूल बसको ठक्कर दिँदा ग ५ प ८३६४ नम्बरको स्कुटरका चालक ४७ बर्षिय जितबहादुर राईको मृत्यु भएको हो ।स्कूल बसको ठक्करबाट धनकुटा सहिद भूमि गाउँपालिका घर भई हाल पोखरा ६ लेकसाइड बस्दै आएका जितबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।‘स्कुटरलाई ठक्कर दिने स्कुल बस भएको जानकारी आएको तर, बस नंम्वर र कुन स्कूल नखुलेकाले त्यसको खोजी कार्य भईरहेको छ’ उनले भने ।
यही फागुन २ गते पनि सोही ठाउँमा मोटरसाइकल दुर्घटना हुदाँ स्याङजा मट्टिखान घर भई पोखरामा बस्दै आएका १९ बर्षिय एक युवाको मृत्यु भएको थियो ।