२१ कार्तिक २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण २३, २०७७

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज अपराह्न ४ बजे बस्दै छ । संसद् भवन नयाँबानेश्वरमा प्रतिनिधिसभाको सातौँ अधिवेशन सुरु हुन लागेको हो ।

संघीय संसद् सचिवालयले आजको बैठकको सम्भावित कार्यसूची तयार पारेको छ ।जसअनुसार बैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।यस्तै, सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पढेर बैठकमा सुनाउनेछन् । केही अध्यादेशहरु पनि बैठकमा पेस हुने सम्भावित कार्यसूची छ । प्रतिनिधिसभा बैठकअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूचीको अन्तिम टुंगो लगाउनेछ ।हरेक अधिवेशन सुरु हुँदा संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने प्रचलनसमेत छ ।

सत्तारुढ दलभित्रको विवादका कारण प्रतिनिधिसभाको बैठकलाई चासोका साथ हेरिएको छ । गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । सर्वोच्च अदालतले उक्त निर्णय बदर गर्दै बैठक आह्वान गर्न आदेश गरेको थियो ।

सम्भावित कार्यसूची पढ्नोस्

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]