१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण २३, २०७७

पश्चिम लोकमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचामा गएराती सवारी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुई जना गम्भिर घाइते भएका छन् ।

सुन्दरहरैँचा नगरपालिका–८ को गोठगाउँ क्षेत्रमा पूर्वतर्फ आइरहेको बा ४ ख ६९६ नम्बरको यात्रुबाहक माइक्रोबस र पश्चिमतर्फ जाँँदै गरेको प्रदेश २–०२–००१ प ३८७८ नम्बरको मोटरसाइकल गएराती करीब एक बजे ठोक्किँदा मोटरसाइलमा सवार बेलबारी नगरपालिका–११ का २१ वर्षीय अर्जुन न्यौपाने र मनोज कटुवालको मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारकाे लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो । उनीहरुको उपचारकै क्रममा आज बिहान मृत्यु भएको हो ।

दुर्घटनामा परेर माईक्रोबसका चालक काठमाडौंका २८ वर्षीय गणेश थापा र सह–चालक मोरङ बेलबारीका १८ वर्षीय उत्सव गिरी घाइते भएका छन् । उनीहरुको विराटनगर मुनालपथ स्थित विराटनगर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार माइक्रोमा सवार १२ जना यात्रु सकुशल छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]