कैलाली – कैलालीको गोदावरी नगरपालिका भित्र पाटे बाघको आतंकले स्थानीय बासिन्दा त्रसित भएका छन्।शुक्रवार गोदावरी नगरपालिका १ को मनेहरा र चैतन्यपुर क्षेत्रमा गोठमै पसेर तीन वटा बाख्रा खाएको बाघले फेरि वडा नं ४ मा पनि किसानहरुका ६ वटा बाख्रा खाएको छ।
खैराना नजिकैको मोटेसाल भन्ने ठाउँमा जंगलमा चराउन लगेका बाख्रामाथि बाघले आक्रमण गरेर केही बाख्रालाई पुरै खाएको छ भने केही बाख्रालाई मारेर गएको छ।स्थानिय चन्द्र बहादुर नेपालीका २ वटा बाख्रा , खुसीराम चौधरीका २ वटा बाख्रा र अन्यका २ वटा गरेर ६ वटा बाख्राहरु खाएको बताईएको छ।जंलगमा चराउन लगेका बाख्रामाथि बाघले आक्रमण गरेपछि गोठाला गएकाहरु भागेर गाउँतिर आएका थिए । निकै ठूलो नरभंक्षी बघिनी गाउँ र जंगलवरपर घुम्न थालेको भन्दै स्थानियहरु निकै त्रसित भएका छन् ।
अहिले कसैले पनि आफ्ना गाई बाख्राहरु जंगलमा नलगेको र बाघले कति बेला मान्छेको ज्यान लिन्छ भन्ने डर र त्रास पैदा भएको स्थानिय बताउँछन्।