३० फाल्गुण २०८२, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २२, २०७७

सप्तरी – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सप्तरी जनसरकार प्रमुखसहित तीन जना जिल्ला नेताहरु शुक्रबार साँझ सप्तरीबाट रिहा भएका छन् ।सरकारले पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने सहमति भएसँगै उनीहरु राजविराजबाट रिहा भएका हुन् ।

‘विप्लव’ समूहका सप्तरी ‘जन सरकार’प्रमुख खडक नगरपालिका–३ बनरझुल्लाका ५२ वर्षीय आदर्श उपनामका रामनाथ मण्डल तथा सिरहा/सप्तरी जिल्ला सदस्यहरु राजबिराज नगरपालिका–५ बस्ने ३६ वर्षीय उदय उपनामका उदयनाथ मण्डल र बिष्णुपुर गाउँपालिका–१ का २५ वर्षीय रामकृष्ण मण्डललाई प्रहरीले शनिबार पक्राउ गरी आपराधिक लाभको मुद्दा दर्ता गरेको थियो ।

उनीहरुको साथबाट भ्रातृ संगठनहरुको विशेष आर्थिक सहयोगको पत्र, पर्चा, पुस्तकहरु र साधारण सदस्यता ठेलीलगायत चन्दा माग्न प्रयोग भएको चार थान मोबाइल बरामद गरिएको थियो । प्रहरीका अनुसार सप्तरी जिल्लामा केही समयदेखि विभिन्न व्यवसायी, कार्यालय प्रमुख तथा जनप्रतिनिधीहरुसँग उनीहरुले चन्दा माग गर्ने, धाकधम्की दिने गरेका थिए ।

उनीहरुलाई शुक्रबार श्रीमती र परिवारका सदस्यहरुको जिम्मा लगाएर रिहा गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका तीन जना विप्लव समुहका कार्यकर्तालाई जिल्ला सरकारी वकिलको कार्यलयबाट सहमति लिइ जिल्ला अदालतबाट प्रकृया पुर्‍याइ रिहा गरिएको एसपी राजेन्द्रप्रसाद धमलाले बताए ।

नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित विशेष समारोहमा नेकपाले शान्तिपूर्ण राजनीतिक गतिविधि चलाउने र सरकारका तर्फबाट पार्टीका नेता–कार्यकर्ता रिहाइलगायत तीनबूँदे सहमति भएको छ ।

सरकारका तर्फबाट वार्ता टोलीका संयोजक रामबहादुर थापा र विप्लव समूहको तर्फबाट प्रवक्ता तथा वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका थिए ।

सरकार र विप्लव समूहबीच भएको ३ बुँदे सहमतिसँगै दुई वर्षअघि विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा भएपछि सरकारले नेता–कार्यकर्तालाई रिहाइ गर्न सर्कुलर जारी गरेको हो । नेपाल सरकारले २०७५ फागुन २८ गतेदेखि विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]