१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २२, २०७७

एजेन्सी – केही दिनअघि भारतीय उद्योगपति मुकेश अम्बानीको मुम्बईस्थित घर नजिकै विष्फोटक पदार्थ(जिलेटिन) ले भरिएको स्कारपियो गाडीको मालिकको शव फेला परेको छ ।

भारतीय प्रहरीका अनुसार मनसुख हिरेन नामक व्यक्तिले आत्महत्या गरेको अवस्थामा उनको शव फेला परेको हो । यद्यपि महाराष्ट्रका गृहमन्त्री नील देशमुखकाअनुसार कारका मालिक साम मुटेन नामका व्यक्ति भएको र उनले मनसुख हिरेनलाई कार मर्मत गर्न सुम्पिएका थिए । कार मर्मत गरिएको पैसा भुक्तान नगरेपछि हिरेनले सो कार आफुले राखेको गृहमन्त्रीको भनाई थियो । हिरेनको शव भेटिएको भारतीय प्रहरीको भनाई उदृत गर्दै अमर उजालाले लेखेको छ । गृहमन्त्री देशमुखले कार कसको हो भन्ने विषयको मुद्दामा पनि छानविन गर्न निर्देशन दिइएको बताए । फेबु्रअरी २५ का दिन उद्योगपति अम्बानीको घरबाहिर २० वटा जिलेटिनसहित सो स्कारपियो कार बरामद गरिएको थियो ।

यद्यपि, त्यहाँ भेटिएको जिलेटिन सैन्य ग्रेड जिलेटिन नभएको प्रहरीले बताउँदै आएको छ । यस घटनापछि मुकेश अम्बानीको निवास बाहिर सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]