बहुचर्चीत मेलम्चीको पानी पिउँने उपत्यकाबासीको चाहाना पुरा हुने दिशा तर्फ अघि बढेको छ ।
फागुन १० गते परिक्षणको क्रममा मेलम्चीको पानी सुरुङ भित्र हालिएको थियो । सुरुङ भित्र पानी पथान्तरण गरिएको १३ दिनमा नै सुरुङ भरिएको शनिबार दिउँसो २ बजे सम्ममा मेलम्चीको पानी काठमाडौ उपत्यकामा झर्ने मेलम्ची खानेपानी आयोजनाले जानकारी दिएको छ ।छिटोमा २ बजे र ढिलामा ४ बजेसम्म मेलम्चीको पानी काठमाडौको सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रमा झर्ने छ मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशन तिरेशप्रसाद खत्रीले भने । लामो प्रतिक्षापछि मेलम्चीको पानी काठमाडौ आउन निश्चित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली समेत त्यसको निरीक्षणका लागि शनिबार बेलुकी ५ बजे सुन्दरीजलमा रहेका प्रशोधन केन्द्रमा आउने कार्यक्रम रहेको खानेपानी विकास समितिले जानकारी दिएको छ ।
फालगुन १०गते सुरुङमा पानी पथान्तरण गरिएपछि शुक्रबार साँझासम्म १९ किलोमिटर क्षेत्रमा पानी भरिएको छ । २६ किलोमिटर लामो सुरुङमार्गमा यही रफतारमा पानी भरिदा दिउँसो २ देखि ४ बजे भित्र सुन्दरीजलमा पार्ने झर्ने आयोजनाले जानकारी दिएको छ ।मेलम्ची खानेपानीको मुख्य सुरुङमार्ग अम्बाथानबाट अघि बढेको पानी सिन्धु अडिटमार्गसम्म ओह्राले भएकाले पनि छिटो भरिएको आयोजानले जानकारी दिएको छ । तयसपछि एक किलोमिटर उकालो चढेपछि फेरी ओह्राले हुँदै सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा पानी झर्ने छ ।
शनिबार रातभर मेलम्चीको पानी वागमती नदीमा पठाइने र आइतबार पुन मुहानस्थलमा नै पानी फर्काउने तयारी मेलम्ची ले गरेको छ ।