०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २२, २०७७

झापा – अदालतबाट कैद तथा जरिवाना फैसला भई फरार रहेका तीन जना झापाबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दुई जना सवारी ज्यान मुद्दामा कैद फैसला भएका व्यक्ति हुन् भने एक जना बहुविवाहका प्रतिवादी हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेका गौरीगञ्ज ३ का दिपक राय मण्डलविरुद्ध २०७५ मंसिर ११ गते सवारी ज्यान मुद्दामा १ महिना कैदको फैसला भएको थियो ।त्यस्तै सोहि मुद्दाका सिन्धुली कमलामाई २ का हेमकुमार कामी पनि पक्राउ परेका छन् । उनलाई २०७६ कातिक २७ गते १ महिना कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको थियो ।यस्तै झापा अर्जुनधारा ४ का नरेन्द्रनारायण चौधरी पनि पक्राउ परेका छन् । बहुविवाहको मुद्दामा २०७५ पुष १७ गते उनलाई १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् ।

अदालतको फैसला पछि उनीहरु फरार रहेको र प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको उनले जनाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]