०४ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २२, २०७७

धनगढी उपमहानगरपालिकाको शुक्रबार सम्पन्न छैटौँ नगरसभामा तीनवटा विधेयक पारित भएको छ ।

सभाले (न्यायिक समिति कार्यविधि) ऐन २०७४ को पहिलो संशोधन २०७७, धनगढी उपमहानगरपालिका स्वास्थ्यसम्बन्धी ऐन २०७७ र धनगढी उपमहानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षणसम्बन्धी ऐन २०६६ को विधेयक पारित गरेको हो । नगरप्रमुख वडले आफूहरु निर्वाचित भएर आएपछि १४ ऐन, चार नियमावली, ३२ कार्यविधि, तीन निर्देशिका र दुई आचारसंहिता गरेर ५५ कानून निर्माण गरेको जानकारी दिए ।

उनले १९ वडा कार्यालयमध्ये १६ वडाको आफ्नै कार्यालय भवन निर्माण, तीन स्वास्थ्य संस्थाबाट १० वडामा नगर स्वास्थ्य केन्द्र स्थापनालगायतका पूर्वाधार विकासले गति लिएको बताए ।

सभामा वडले २७ विद्यालय भवन तथा शौचालय निर्माण गरिएको तथा धनगढीको बेहडाबाबा, जाखोरताल, शिवपुरीधामलगायतका धार्मिक पर्यटकीय ठाउँको गुरुयोजनाअनुसार काम भइरहेको पनि जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]