०२ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २२, २०७७

काठमाडौं – सत्तारुढ नेकपाको संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले संसद सचिवालयमा बिहीबार पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट दर्ता भएको पत्रको औचित्य नरहेको बताउनु भएको छ ।

मुख्य सचेतक भट्टराईले नेकपा संसदीय दलको तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै दलको विधान बमोजिम विधिवत् रूपमा निर्वाचित संसदीय दलका नेता तथा पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओली रहेकाले अरु पत्र र दाबी कानुनसम्मत नरहेको उल्लेख गर्नुभएको छ ।नेपालको संविधान तथा प्रचलित कानूनबमोजिम बाहेक कोही कसैले कुनै गैर संवैधानिक र गैरकानुनी निर्णय गरिएको भनी गरेको पत्राचारको कुनै कानुनी आधार,औचित्य र प्रभाव हुन नसक्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

मुख्य सचेतक भट्टराईले निर्वाचन आयोगले गत माघ ११ गते पार्टीको बैठकलाई मान्यता प्राप्त हुन अध्यक्षको परामर्शमा महासचिवले बैठक आह्वान गरेको हुनुपर्ने र पार्टीको आधिकारिक पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर हुनपर्ने उल्लेख भएकाले त्यस विपरीतका कुनैपनि बैठक र पत्राचारले मान्यता नपाउने विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]