१६ बैशाख २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण २१, २०७७

भैरहवा- रुपन्देहीमा मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यासका लागि गएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलमाथि स्थानीयले आक्रमण गरेका छन्।स्थानीयको जग्गा जबरजस्ती हडपेर औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयले हिजोदेखि नै विरोध प्रदर्शन गर्दै आएका थिए।

बलियो सुरक्षा घेरामा आज (शुक्रबार) शिलान्यास कार्यक्रम सम्पन्न गरेपछि मञ्चमा अर्थमन्त्री पौडेलले मन्तव्य दिँदै गर्दा स्थानीयले मञ्चमै आक्रमण गरेका हुन्।स्थानीयले मञ्चमै आएर आक्रमण गरेपछि मन्त्रीले बोल्दाबोल्दै बीचैमा छाडेर हिँड्नुपरेको हाे।

विरोध गर्दै आएका स्थानीयले मञ्चतर्फ ढुंगा हान्न थालेपछि मञ्चकातर्फ रहेकाले पनि प्रतिकार गरेको र त्यसपछि वातावरण झन् विथोलिएपछि भर्खर मन्तव्य दिन सुरु गरेका अर्थमन्त्री पौडेल मञ्च छाडेर हिँडेको प्रहरीले जनाएको छ।

स्थानीयवासीले आफूहरुकाे जग्गा जबरजस्ती हडपेर औद्योगिक क्षेत्र बनाउन लागिएको र आफूहरुलाई मुआब्जा दिनेबारे कुनै पनि चासो नराखिएको गुनासो गरेका छन् ।

यसअघि अघिल्लै हप्ता शिलान्यास गर्ने तयारी गरिएको यो औद्योगिक क्षेत्रमा स्थानीयको विरोधका कारण कार्यक्रम स्थगित भएको थियो।

शिलान्यासका लागि तयार गरिएको मञ्च हिजो स्थानीयले भत्कादिएपछि आज प्रहरीको कडा सुरक्षा घेरामा मञ्च तयार गरिएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]