
सप्तरी – नेपाल विद्युत प्राधिकरण, सखुवा वितरण केन्द्र, अन्तर्गत ढल्केवर नोलाइट धनुषामा कार्यरत सुपरभाइजर जगत नारायण साह सहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध आज शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्धा दर्ता गरेको हो ।
सुपरभाइजर साहसहित लेक्ट्रिसियन येम कुमार महतो, ज्यालादारी प्राविधिकको रुपमा कार्य गर्ने नवल किशोर राउत र मनोहर कुमार महतो विरुद्ध मुद्धा दर्ता भएको हो । उनीहरुले नयाँ मिटर जडान गर्ने क्रममा सेवाग्राहीसँग पाँच हजार रुपियाँ घुस लिएका थिए । अखि्तयारले उनीहरुविरुद्ध पाँच हजार विगो समेत मागदाबी लिएको छ ।