काठमाडौं- अर्थ मन्त्रालयले नयाँ बजेट लेखनको तयारी अघि बढाएको छ। मन्त्रालयका वरिष्ठतम सहसचिव डा रामप्रसाद घिमिरेको संयोजकत्वमा बजेट लेखन समिति बनाएको हो।नयाँ बजेट प्रस्तुत गर्ने समय नजिकिँदै जाँदा बजेटको तयारी पनि अघि बढाइएको छ। घिमिरेको नेतृत्वमा रहेको समितिमा सहसचिवहरू रामेश्वर दंगाल, श्रीकृष्ण नेपाल, धनिराम शर्मा र सुमन दाहाल सदस्य छन्।
नयाँ बजेटका लागि सबै मन्त्रालय, निकाय र आयोगले तयारी अघि बढाइसकेका छन्। उनीहरूले प्रस्ताव गर्ने कार्यक्रम समेटेर अर्थले आगामी वर्षको बजेटलाई अन्तिम रूप दिनेछ।नयाँ बजेटको तयारी अघि बढाइएसँगै यसपटक स्रोतको अनुमान गर्न कठिन रहेको अर्थका अधिकारीहरू बताउँछन्। आन्तरिक राजस्वको ट्रेन्ड विश्लेषण गर्न कठिन भएकाले बजेट निर्माणमा चुनौती धेरै रहेको उनीहरूको भनाइ छ।