वाग्मती – उद्योगमा कार्यरत महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हेटौँडास्थित रिद्धिसिद्धि सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्रबहादुर मल्ल रु तीन हजार धरौटीमा रिहा भएका छन् ।
उद्योगमा कार्यरत महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको अभियोगमा मल्ललाई मकवानपुर प्रहरीले पक्राउ गरेको थियो ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको आदेशमा मल्ललाई धरौटीमा रिहा गरिएको हो ।
महिला कर्मचारीले आफूमाथि दुव्र्यवहार भएको भनी उजुरी दिएपछि सोधपुछका लागि बोलाइएका ५८ वर्षीय मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।