०४ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण २०, २०७७

बुटवल– रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यासका लागि तयार पारेको मञ्च स्थानीय असन्तुष्ट पक्षले भत्काएका छन्।

शुक्रबार औद्योगिक क्षेत्रको अर्थमन्त्री विष्णु पौडेलले शिलन्यास गर्ने तयारी थियो। आफूहरूको जग्गामा औद्योगिक करिडोर बनाउन लागेको भन्दै असन्तुष्ट स्थानीयले मञ्च भत्काइदिएका हुन्।झन्डै २ सय जना स्थानीयले कार्यक्रमका लागि तयार गरिएको मञ्च र स्तम्भ भत्काएको बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख निमेष अधिकारीले जानकारी दिए।

बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको क्षेत्रभित्र पर्ने तिनाउ नदीको उकास क्षेत्रको करिब १ हजार बिगाहा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउने गरी दुई वर्ष पहिले नै औद्योगिक क्षेत्र कार्यालयसमेत स्थापना गरिएको थियो।स्थानीयले औद्योगिक क्षेत्र बनाउनुअघि स्थानीयको समस्या समाधान गर्न माग गर्दै आएका थिए। उनीहरूले बस्ती र जोतभोगको जग्गा उपलब्ध गराएर बाँकी रहेको जग्गामा मात्र औद्योगिक क्षेत्र स्थापना गर्न माग गर्दै आएका छन्। बिहीबार पत्रकार सम्मेलन गरी आफ्ना माग पूरा नभए सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका छन्।

२०७३ सालमा स्थलगत निरीक्षण बिना ३ हजार ६२ घर र करिब २ सय ५० विगाहा जग्गासहित ८ सय १३ विगाहा जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा गएको छ।त्यसरी स्थानीयको गास बासको ग्यारेन्टी नगरी औद्योगिक क्षेत्र निर्माण अघि नबढाउन शुद्धोधन गाउँपालिका ४ का स्थानीय रामप्रसाद पाण्डेले बताए।उनले आफुहरु औद्योगिक क्षेत्र निर्माणको विपक्षमा नरहेको भन्दै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले समस्या समाधान गरेर काम अघि बढाउन सक्ने बताए।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले भने शिलान्यास कार्यक्रम नरोकिने बताएका छन्।

‘स्थानीयले अवरोध गरेमा शान्ति सुरक्षा दिने काम सरकारको हो। हामीले शिलान्यास रोक्दैनौँ,’ उनले भने, ‘सरकारी जग्गा ओगटेर बस्ने, वार्ता पनि नगर्ने, काम पनि गर्न नदिएर सधैँभरि कहाँ हुन्छ र?’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]