०७ कार्तिक २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, साउन १५, २०७७

राजविराज -राजविराज नगरपालिका स्थित साई कृष्ण मेडिकल कलेज मा रहेको अस्थायी आइसोलेशन सेन्टर मा चरम लापरवाही भइरहेको कोरोना पिडितहरुको दावी रहेको छ।

नेपाल सरकार द्वारा दिइएको सेवा स्रोत लाई समेत ध्यान मा नराखी नगरपालिका को प्रमुख शम्भु कुमार यादव र आइसोलेशन सेन्टर को प्रमुख डा रंजित कुमार झा समेत को चरम लापरवाहीले भइरहेको कुरा लाई सत्य तथ्य जाच गरि उपचारत ठाउँमा सफा सुधर गरि नेपाल सरकार को मापदण्ड मा रहेको सेवाहरू यथा सिघ्र लागु गर्न सामुहिक मांग सहित लापरवाही गर्ने जनप्रतिनिधि लाई रोग एन अन्तर्गत कार्बाही गर्न पिडित मुस्तकिम आलमले जानकारी गराएका छन्।

हाल ती आइसोलेशन सेन्टर भित्र एउटै कोठामा ४० भन्दा बढी कोरोना संक्रमितहरु लाई राखिएको छ, साथै बाथरुम ट्वाइलेट, वरिपरि फोहोर व्यवस्थापन नगरेर उपचार को नाममा ब्रहमलुट भइरहेको गुनासो त्यहाँ उपचारत रहेको राजविराज नगरपालिका वार्ड नम्बर तिन निवासी मोहम्मद मुस्तकीम आलमले जानकारी गराएका छन्। नेपाल सरकार को मापदण्ड मा रहेको आइसोलेशन सेन्टर मा कुनै पनि रुल फलो नभइरहेको फोटो र भिडियो लाईभ बाट जानकारी गराएका छन्। उक्त आइसोलेशन सेन्टर मा महिना दिन देखि उपचाररत कोरोना पिडितहरुको मुख बाट भिडियो मार्फत आम जनसमुदाय लाई अपिल गर्दै गुहार सहित माथिल्लो निकायको पहलक्रमीहरु लाई आफुहरु को ज्यान कोरोना भन्दा पनि आइसोलेशन सेन्टर को कारणले जोखिम मा रहेको हुनाले‌ अनुगमन गरि व्यवस्थित गरिदिनु हुन को लागि सामुहिक विनती गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]