२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण २०, २०७७

म्यानमारमा गएको बुधवार एकैदिन ३८ प्रदर्शनकारीको ज्यान गएको भोलिपल्ट बिहीवार पनि निकै ठूलो सङ्ख्या प्रदर्शनकारी सडकमा निस्किएका छन् ।

म्यानमारको सबैभन्दा ठूलो सहर याङ्गोनमा प्रदर्शनकारीहरुले सडकमा टायर, तारबारको ब्यारिकेड्स बनाएका छन् । प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर गर्न अशृग्यास र गोली चलाएको बीबीसीले जनाएको छ । यद्यपि अहिलेसम्म कसैलाई पनि क्षति नपुगेको बताइएको छ । प्रत्यक्षदर्शीहरूले याङ्गोनका साथै केन्द्रीय सहर मोन्यावामा पनि प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको बताएका छन् । साथै सञ्चारमाध्यममा आइरहेको खबर अनुसार याङ्गोनको पश्चिमतर्फ पर्ने पाथेन सहरमा पनि प्रहरीले गोली चलाएको छ । सामाजिक कार्यकर्ता माउङ्ग शाउङ्गकाले समाचार एजेन्सी रोयटर्ससँग भन्नुभएको छ, ‘हामीलाई गोली लाग्न सक्थ्यो र हामी मर्न सक्थ्यौ भने हामीलाई थाहा थियो । तर यसको अर्थ हामी सैन्य शासन स्वीकार गर्छाैँ भन्ने होइन ।’

बुधवार म्यानमारमा भएको विरोध प्रदर्शनमा कम्तीमा ३८ प्रदर्शनकारीको ज्यान गएको थियो र त्यो घटनालाई लिएर संयुक्त राष्ट्र सङ्घले ‘रक्तपातपूर्ण दिन’ भएको थियो । संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदमा म्यानमारको सम्बन्धमा शुक्रवार चर्चा हुने बताइएको छ । म्यानमारमा गएको फेब्रुअरी १ मा सैन्य कू पछि त्यसको विरोधमा प्रदर्शन भइरहेको छ । चुनावमा धाँधली भएको भन्दै म्यानमारको सेनाले नेतृ आङ सान सुकीसहितका शीर्ष नेताहरूलाई हिरासतमा लिएर सैन्य शासन लागू गरेको छ । म्यानमारमा एक वर्षका लागि सङ्कटकाल घोषणा गरिएको छ ।नेतृ सुकीसहितका नेताहरुको रिहाइको माग गर्दै पनि विरोध प्रदर्शन भइरहेको छ ।

सेनाको कदम र प्रदर्शनमा भइरहेको दमनलाई अमेरिका र युरोपेली युनियनसहित विभिन्न देशले आलोचना गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]