०४ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण २०, २०७७

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदले दिएका निर्देशन समयमै कार्यान्वयन गराउन संसद आफैले क्रियाशीलता देखाउनुपर्ने बताएका छन् ।

बिहीबार राष्ट्रियसभाको तीन वर्षको सन्दर्भमा राष्ट्रियसभाको प्रभावकारिता तथा कुटनीतिक शिष्टाचार सम्बन्धी अभिमुखीकरणमा बोल्दै अध्यक्ष तिमिल्सिनाले सभाले सरकारलाई दिएको निर्देशनको अनुगमन प्रभावकारी रुपमा गर्नुपर्ने बताए ।सरकारले सदनमा पेश गरेका विधेयकलाई समयमा नै पास गरेर अगाडि बढाउने विषयमा सभाले समेत ध्यान दिन आवश्यक रहेको बताए । राष्ट्रियसभा बिना अवरोध सञ्चालन भएपनि विभिन्न समयमा सरकारलाई दिएको निर्देशनको कार्यान्वयन बारे अनविज्ञ हुने अवस्था हटाउनुपर्ने उनको भनाई छ । राष्ट्रियसभाको बैठक र विभिन्न समितिहरुले सरकारलाई दिएको निर्देशन कार्यान्वयन भए नभएको अनुगमन गर्न सम्पूर्ण सदस्य र सम्बन्धित समिति अझ बढी क्रियाशील हुनुपर्ने आवश्यकता रहेको उनले बताए ।

राष्ट्रियसभाको सातौँ अधिवेशनसम्म आइपुग्दा २ सय २२ वटा बैठकहरु भएको र यस अवधिमा ४१ वटा विधेयकहरु दर्ता भएकोमा १६ वटा विधेयक प्रमाणीकरण भइसकेको, २४ वटामध्ये ८ वटा सभामा विचाराधीन रहेको, १० वटा समितिमा विचाराधीन रहेको र ६ वटा विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभाबाट फिर्ता आउन बाँकी रहेको राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।त्यसैगरी राष्ट्रिय सभामा ३ वटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव, ४ वटा ध्यानाकर्षण प्रस्ताव र १ वटा संकल्प प्रस्तावहरू दर्ता भई छलफल भएको उनको भनाई छ । साथै राष्ट्रियसभामा दर्ता भएको अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धि अन्तर्गतको पार्लिमो प्रोटोकल सभाबाट अनुमोदन समेत गरिएको अध्यक्ष तिमिल्सिनाले बताए । राष्ट्रियसभाले यस अवधिसम्म प्रतिनिधिसभामा दर्ता भई प्रतिवेदनसहित राष्ट्रियसभामा आएका विभिन्न विधेयक तथा सन्धि÷सम्झौताहरु राष्ट्रियसभाबाट पारित गरी फिर्ता पठाइएका छन् ।

राष्ट्रियसभाले सातवटै प्रदेशसभासँग अन्तरक्रिया गरी सङ्घ, प्रदेश र स्थानीय तह(अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५ पारित गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]