१३ बैशाख २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण २०, २०७७

सर्लाही र रौतहट जोड्ने बागमती नदीमा पुल निर्माण सुरु भएको आठ वर्ष बित्दा पनि पुल निर्माण कार्य सम्पन्न भएको छैन ।

समयमा पुल नबनेका कारण स्थानीयलाई आवतजावतमा समस्या भएको छ । रौतहटको समनपुर र सर्लाहीको हजरिया जोड्ने बागमती नदीमा निर्माण कार्य सुरु भएको आठ वर्ष बितिसक्दा पनि पुलको निर्माण कार्य सम्पन्न नहुदा स्थानीयले सास्ती खेप्नुपरेको हो । पूर्व–पश्चिम राजमार्गबाहेक ४२ किलोमिटर दक्षिण नेपाली सीमासम्म बागमती नदीमा पुल नहुँदा स्थानीय सास्ती खेप्न बाध्य छन् । ०६९ असार २६ गते ३२ करोड ७६ लाख ११ हजारमा एलाइट कन्स्ट्रक्सन काठमाडाैं जेभीले ६ सय मिटर लम्बाइ भएको डबल लेनको पुल बनाउन सम्झौता गरेको थियो ।

साे पुलकाे तत्कालीन भौतिक योजनामन्त्री विमलेन्द्र निधिले शिलान्यास गरेका थिए । एलाइट कन्स्ट्रक्सनले नेपाल सरकारको पुल डिभिजन महाशाखाबाट सम्झौता मितिदेखि ३६ महिनामा पुलको निर्माण कार्य पूरा गर्ने लिखित सम्झौता गरेकाे थियो । तर, सम्झौता भएको आठ वर्ष बितिसक्दा पनि पुल निर्माण काम पूरा नहुँदा त्यस भेगका स्थानीले समस्या झेल्नुपरेको गढीमाई नगरपालिकाका रामपुकार यादवले बताए । निर्माण कम्पनीले कहिले मधेस आन्दोलन, कहिले बाढी त कहिले कोरोनालगायत विभिन्न बहाना बनाई निर्माण कार्य निर्धारित समयभन्दा पाँच वर्ष ढिलाइ गरेको थियाे । अझै निर्माण पूरा गर्न दुई वर्ष लाग्ने बताउँदै आएका समनपुरका बासिन्दा जब्बार मियाँले बताए । चारपटक म्याद थप भइसकेको हुँदा अन्तिमपटक ०७८ असार मसान्तसम्म मात्रै म्याद रहेको बताउँदै मियाले कछुवा गतिमा भइरहेको निर्माणको अवस्था हेर्दा अझै पुल बन्न दुई वर्ष सम्म लाग्ने बताए ।

सो विषयमा एलाइट कन्स्ट्रक्सनको प्रोप्राइटर सुरेन्द्र पौडेलसँग सम्पर्क गर्न खोज्दा गर्दा मोबाइलको स्विच अफ रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]