२८ कार्तिक २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण २०, २०७७

रुपन्देही – बुधवार साँझ देशको दोस्रो एवं लुम्बिनी प्रदेशको पहिलो प्रमुख नाका मानिने रुपन्देही स्थित वेलहिया नाकामा खटिएका भारतीय सुरक्षाकर्मीले भारतीय बजार सुनौली जाने क्रममा चेक जाँच गर्दा एक महिला माथि आक्रामक रूपमा उत्रिँदै अभद्र व्यवहार गरेपछि उत्पन्न परिस्थितिले सीमामा तनाव उत्पन्न भएको थियो ।

कोभिडका कारण गत चैत ११ गते देखि नेपाल भारत सीमा नाका बन्द रहेको थियो। केही समय अगाडि देखि सामान्य आवतजावत भए पनि बुधवार साँझ उक्त महिलालाई चेक जाँच गर्ने क्रममा भारतीय सुरक्षाकर्मीले महिलाको कपडा च्यातिदिए पछि वेलहिया नाकामा उत्पन्न परिस्थितिलाई मिलाउन बसेको दुई देशका सुरक्षा प्रमुख र भारतीय सीमा सुरक्षा बल (एसएसबी) का प्रतिनिधि सम्मिलित छलफलले कोभिडका कारण बन्द रहेको वेलहिया सीमा नाका खुलाउने सहमति भएपछि बिहीबार देखि पहिले झैं सञ्चालनमा आएको छ । सीमा नाकामा चेक जाँच गर्ने बेलामा महिलामाथि भारतीय सुरक्षाकर्मीले अभद्र व्यवहार गरेपछि वेलहियाका स्थानीयहरूले नाकामा नाराबाजी गरेका थिए। त्यसपछि तनाव सृजना भएको थियो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पीताम्बर रिजाल, रुपन्देही प्रहरी प्रमुख एवं भारतीय पक्षका महाराजगंज स्थित सुरक्षा प्रमुख डि.एम र एस.पि सहितको टोली बीच भएको छलफलले बन्द सीमा नाका खुलाउने सहमति जुटेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलहियामा दुई देशका सुरक्षा प्रमुखहरूको छलफलका क्रममा, भारतीय सुरक्षाकर्मीले महिला माथि गरेको अभद्र व्यवहारका विषयमा आवश्यक अनुसन्धान गर्ने, सीमा क्षेत्रमा देखिएको सामान्य घटनालाई सामान्य ढङ्गले नै समाधान गर्ने र दुई पक्षले आआफ्ना देशमा देखिएका असमझदारी हटाउने जस्ता बुँदामा सहमति भएपछि नाका खुलेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]