
काठमाडौँ – क्याम्पस जाने क्रममा गाडीको ठक्करबाट अञ्जु दाहालको मृत्यु भएपछि प्रदर्शन गरेका छन् ।
सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भएकी दाहालको बुधबार ललितपुरको बागडोलमा गाडीको ठक्करबाट मृत्यु भएको थियो । कोटेश्वर बहुमुखी क्याम्पस बिएड प्रथम वर्षमा अध्ययनरत उनी अध्ययन गर्न जाने क्रममा मृत्यु भएपछि हत्यारा चालकलाई कारवाहिको माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।दाहाल-नेपाल समूहको विद्यार्थी संगठन अनेरास्वीयूका केन्द्रीय सदस्य रवीन जंग बस्नेतले सवारी चालकलाई कानुनी कारवाहि गर्नुपर्ने बताए । उनले पीडित परिवारजनमा उचित राहतको पनि व्यवस्था गर्नुपर्ने बताए । उनका अनुसार आज संयुक्त विद्यार्थी संघ कोटेश्वर बहुमुखी क्याम्पसले २ घण्टा चक्का जाम र बिरोध प्रदर्शन गरेको बताए ।
प्रदर्शनमा नेपाल विद्यार्थी संघ केन्द्रीय महामन्त्री वलदेव तिमल्सिनासहित अनेरास्वियूका नेताहरू र विद्यार्थीहरूले प्रदर्शन गरेका थिए । आन्दोलनको नेतृत्व स्ववियु सभापति माधव अधिकारीकले गरेका थिए ।