१० बैशाख २०८२, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १९, २०७७

सरकार र नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच दोस्रो चरणको वार्ता पनि सम्पन्न भएको छ।

आज बुधबार बिहान पहिलो चरणको वार्ता गरेका टोलीले आजै अपरान्ह दोस्रो चरणको वार्ता पनि सम्पन्न गरेका छन्।सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईका अनुसार दोस्रो चरणको वार्ता विषय केन्द्रित भएको र दुवै पक्षबीच समान धारणानिकट पुगेका छन्।‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नुभएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न भयो,’ भट्टराईले भनेका छन्, ‘वार्ता बिषय केन्द्रित भएको, दुबै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।’

दुवै पक्षले वार्ताको स्थानबारे भने कुनै जानकारी दिएका छैनन्।सरकारले प्रतिबन्धित विप्लव समूहसँग वार्ता गर्नका लागि हिजो मंगलबार गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो।सरकारी पक्षले वार्ता टोलीको नाम सार्वजनिक गरेलगत्तै हिजै भूमिगत विप्लव समूहले पनि पूर्वमन्त्री समेत रहेका सो समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा दुई सदस्यीय टोलीको नाम सार्वजनिक गरेको थियो।सो टोलीका अर्का सदस्यमा उदय चलाउने (दीपक) रहेका छन्।

गृहमन्त्रीको नेतृत्वमा गठित सरकारी टोलीका अर्का सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]