२२ फाल्गुण २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १९, २०७७

रामेछाप – प्रसारण लाइन नबन्दा रामेछापको गोकुलगंगा गाउँपालिका-१ चुचरेमा निर्माण सम्पन्न भएका दुईवटा विद्युत आयोजनाबाट उत्पादित बिजुली खेर गइरहेको छ । मासिक झण्डै ६ करोड रुपैयाँको बिजुली प्रसारण लाइन नबन्दा खेर गइरहेको हो ।

हिमालय ऊर्जा कम्पनीको लगानीमा दोलखा र रामेछापको सिमामा निर्माण भएको माथिल्लो खिम्ती ७ मेघावाट र उपल्लो खिम्तीबाट १२ मेघावाट गरी कूल १९ मेघावाट विद्युत उत्पादन भई परीक्षण पूरा भएको छ । ‘हामीले बिजुली निकालेर झिलीमिली बनाइसकेका छौं,’ कम्पनीका संस्थापक निर्देशक सरोजकुमार उपाध्यायले भने,‘केन्द्रीय ग्रीडमा जोड्न प्राधिकरणले प्रसारण लाइन बनाएन, हाम्रो बिजुली खोलामा बगेर गयो ।’उपल्लो खिम्ती ३ महिनाअघि परीक्षण गरिएको हो भने माथिल्लो खिम्ती परीक्षण भएको ३ साता बितेको छ । दुवै आयोजनाको गरी हालसम्म आयोजनालाई ६ करोड आर्जन हुने बिजुली खेर गइसकेको उपाध्यायले बताए ।

नेपाल विद्युत प्राधिकरणले चुचुरेको गर्जाङमा सब–स्टेसन निर्माण गरी १ सय ३२ केभी प्रसारण लाइन मार्फत न्यू खिम्ती सब स्टेसनमा विद्युत जोड्ने गरी काम गर्दैछ । प्रसारण लाइनको काम गर्ने जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनीले भनेको समयमा विद्युत टावरका सामान दिन नसक्दा प्रसारण लाइनको काम बारम्बार प्रभावित हुँदै आएको आयोजनाले जनाएको छ ।उपाध्यायका अनुसार गर्जाङदेखि न्यू खिम्तीसम्मको ३३ किलोमिटर प्रसारण लाइनमा १ सय ५ वटा टावर निर्माण गरी तार टाँग्नु पर्नेमा हालसम्म ७५ वटा टावर मात्र ठडिएका छन् । बनाइएका टावरमा समेत सबै काम पूरा गर्नका लागि सामाग्रीको अभाव छ । काम पूरा नभएका टावरमा तार टाँग्नु हुँदैन । त्यसैले कुनैपनि टावरबाट तार टाँगिएकै छैन । उक्त आयोजनामा उत्पादित विद्युत अन्य प्रसारण लाइनमा जोड्न सक्ने वैकल्पिक अवस्था हाललाई छैन ।

कम्पनीले आवश्यक सामाग्री दिएर धमाधम काम हुँदा प्रसारण लाइनको काम पूरा गर्नका लागि अझै ३ महिना लाग्ने उपाध्यायले बताए । उनी भन्छन्,’त्यसबेलासम्म हाम्रो झण्डै ७८ करोड रुपैयाँ आर्जन हुने बिजुली खोलामा बगिसक्छ । न्यून दरमा ठेक्का पाएको चिनियाँ ठेकेदारले त्यस बेला सम्म पनि प्रसारण लाइनको काम सक्ने कुरामा आयोजनाका लगानीकर्ताहरु शंका गरिरहेका छन् ।’नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता बमोजिम सब–स्टेसन र प्रसारण लाइनको काम प्राधिकरणले बनाउनुपर्ने भएपनि नबनाएको उनले बताए ।

‘हामीलाई प्राधिकरणले क्षतिपूर्ति दिनुपर्ने हो,’ उपाध्यायले भने ।करिब ३ अर्ब १५ करोड रुपैयाँमा आयोजनाहरु पुरा भएका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]