०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १९, २०७७

मोरङ – प्रदेश १ सभाको बिहीबार बोलाइएको बैठक चैत २ गतेसम्मका लागि स्थगित गरिएको छ ।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले सभामुख प्रदिपकुमाार भण्डारीले बिहीबार दिउँसो १ बजे बोलाएको प्रदेशसभा बैठक विशेष कारणले चैत २ गते १२:३० बजेसम्मका लागि स्थगित गरेको बताए ।मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव फागुन ९ गते प्रदेशसभामा प्रवेश पाएको छ । उक्त प्रस्तावमाथि बिहीबारबाट छलफल सुरु हुने अवस्थामा सभामुख भण्डारीले बैठक मिति परिवर्तन गरेका हुन् । फागुन ९ गतेको बैठकमा सरकार पक्षको अनुपस्थितमा अविश्वासको प्रस्ताव बैठकमा पेस भएको थियो ।

सत्ता पक्षले बिहीबारको बैठकमा सरकारका मन्त्रीहरु उपस्थित नहुने र सांसदहरु सहभागी भएर नियमापत्ति जनाउने तयारी गरेकाले सभामुख भण्डारीले बैठक बस्नु एक दिन अगावै सूचना टाँस गरेर चैत २ गतेसम्मका लागि बैठक स्थगित गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]