०६ बैशाख २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १९, २०७७

इराकमा रहेको एक अमेरिकी एयरबेसमा कम्तीमा १० वटा रकेट आक्रमण गरिएको छ ।

हालैका दिनमा अमेरिकी बलहरूमाथि आक्रमणको सिलसिला चलेको छ । पश्चिमी आनबार प्रान्तमा रहेको ऐन अल–असद एयरबेसमा बुधवार बिहान ७ बजेर २० मिनेट जाँदा रकेट प्रहार गरिएका थिए । उक्त अड्डाबाट पाँच माइल परबाट लोन्चरमार्फत आक्रमण गरिएको स्रोतहरूले बताए ।

उक्त अड्डामा अहिलेसम्म कोही पनि हताहत भएको खबर छैन । त्यहाँ अमेरिकी र गठबन्धन सैनिकहरू इराकी बलसँगै रहेका छन् । पोप फ्रान्सिसले इराकको भ्रमण गर्नुअघि यो आक्रमण गरिएको हो । शुक्रवारदेखि पोपले इराक भ्रमण गर्न लागेका हुन् । पश्चिमी सुरक्षा स्रोतहरूले एएफपीलाई बताएअनुसार इरानमा बनेका आराश मोडलका रकेट प्रहार गरिएको हो । ती १२२ एमएम आर्टिलरी रकेट हुन् र अन्य आक्रमणमा प्रयोग गरिएका रकेटभन्दा भारी रहेको बताइएको छ ।

इरानसमर्थक कट्टरपन्थीहरूले यो आक्रमण गरेको पश्चिमी मुलुकहरूले आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]