
सप्तरी – भक्तपुर नगरपालिका-६ महालक्ष्मी बस्ने ५५ वर्षीया मैया सुवालको पोखरीमा डुबेर मृत्यु भएको छ ।
सोही ठाउँस्थित ख्यौ पुकुचा पोखरीमा डुबेर उनको मंगलबार साँझ मृत्यु भएको हो । उनलाई पानीमा डुबीरहेको अवस्थामा फेला पारिएको थियो । भक्तपुर अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।