०२ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १९, २०७७
Sorry No Photo is selected hare

प्राय व्यापारी–व्यवसायीहरु पैसा कमाउनेतिर मात्रै दिन्छन् ध्यान, गुणस्तरीय सेवा दिनुपर्ने कुरामा चाहिँ ठ्याम्मै आँखा चिम्म । जनस्वास्थ्यसित सीधै जोडिएको खाद्यसेवामा समेत चरम लापरबाही भेटिन्छन् ।

खाद्य उद्योग, पसल तथा होटल–रेष्टूरेन्टहरुमा सरोकारवाला निकायहरुबाट सचेतना, अनुगमन र कारबाहीको सिलसिला चलिरहँदा छात्रावासमा समेत खाद्य स्वच्छतालाई ख्याल नगरिएको पाइएको छ । त्यो पनि स्वास्थ्यसंस्थासितै जोडिएको र शिक्षालयकै विद्यार्थी बस्ने होस्टेलमा यस्तो भएको बताइन्छ ।३०/३२ जना विद्यार्थी बस्ने भरतपुर–१० स्थित दिपाञ्जली होस्टेलमा हेलचक्र्याइँ भएको पाइएपछि सुधारका लागि निर्देशन दिइएको बुझिएको छ । विद्यार्थीहरुले ‘खाना राम्रो भएन, सरसफाइ भएन’ भनी होस्टेल सञ्चालक र शिक्षालयलाई समेत पटक–पटक भन्दै आएपनि कुनै सुधार भइरहेको थिएन । हालै एकजना पत्रकारमार्फत् विद्यार्थीहरुको शिकायत खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयसम्म पुगेपछि होस्टेलमा निरीक्षण भयो ।

‘भान्छाको पूर्वाधारमा कमजोरी देखियो, खुल्लै थियो’, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, चितवनका प्रमुख घननाथ अधिकारीले भने, ‘धुलोधुँवा, रौं जस्ता फोहोरयुक्त खाना खान बाध्य भइरहेको विद्यार्थीहरुको गुनासो थियो ।’ दाल, चामल, तरकारी लगायतका कच्चा पदार्थ किनेर ल्याउँदा राम्ररी हेरेर ल्याउन पनि सञ्चालकलाई सचेत गराइएको उनले बताए ।सरसफाइमा कमी एवम् खाना कमसल पनि भएको विद्यार्थीको गुनासो सुनाउँदै खाद्य निरीक्षक प्रदीप काफ्लेले होस्टेलका विषयमा यो पहिलोपटक उजुरी आएको बताए । अनुगमनपछि होटल,रेष्टुरेन्ट सञ्चालकहरुले पालना गर्नुपर्ने नियमहरुको पत्र नै थमाउँदै भान्छा तथा खानाको गुणस्तर सुधार्न १५ दिनको समय दिइएकोमा अब छिट्टै केही दिनमै पुनः गएर अवस्था हेरिने, उही हालत पाइए होस्टेल नै बन्द गराउन सकिने खाद्य निरीक्षक प्रदीपले बताए ।

माछामासु, दूधजन्य पदार्थ, तरकारी लगायतका छिटो बिग्रने चीजहरुको खरिद–बिक्री तथा भण्डारण–व्यवस्थापमा सबैले सजगता अपनाउनुपर्ने घननाथ बताउँछन् । कतै हाम्रो भान्छामा प्रयोग भइरहेको खानेतेल नै त गुणस्तरहीन छैन ? पर्सामा उद्योग रहेको त्रिदेव ब्राण्डको तोरीको तेल चितवनको बजारमा पनि बिक्री भइरहेको थियो । करिब दुई महिनाअघि नमूना परीक्षण गर्दा गुणस्तरहीन देखिएपछि सो तेलको बिक्रीमै रोक लगाइएको छ । बजारमा भेटेर जफत गरिएका २८ कार्टुन सो तेल नष्ट गर्ने वा साबुन कम्पनीलाई बेच्न दिने तरखर भइरहेको डिभिजन प्रमुख अधिकारीले बताएका छन् ।बताइएअनुसार चितवनकै केही दालमोठ उद्योगले रंगको बढी प्रयोग गर्ने गरेकोले त्यसलाई सुधार्न भनिएको छ । खाद्य रंग नै भएपनि हानिकारक रसायन बन्ने हुँदा त्यसरी फ्राइ गरेर हाल्न नमिल्ने खाद्य निरीक्षक बताउँछन् । बेकरी उद्योगहरुमा सरसफाइमा कमी देखिएको छ ।

नमूना परीक्षणका क्रममा रिपोर्ट राम्रो नआए सम्बन्धित उद्योग तथा व्यवसायीमाथि मुद्दा दायर गरिने भन्दै डिभिजन प्रमुख घननाथ भन्छन्, ‘केही उद्योगबाट उत्पादित पशुपक्षी तथा कुखुराको दानामा मोइस्चर (चिसोपना) बढी पाइएको छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]