१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १८, २०७७
Sorry No Photo is selected hare

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक सुरुअघि दलहरूसँग छलफल गर्ने तयारी गर्नुभएको छ ।

आइतबारदेखि सुरु हुने प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई र बैठक कक्षको तयारी सम्बन्धमा जानकारी लिन संघीय संसद भवन नयाँ बानेश्वर पुगेर अवलोकन गर्नुभएका सभामुख सापकोटाले संक्षिप्त प्रतिक्रिया दिँदै भोलिदेखि दलहरूसँग छलफल गर्ने जानकारी दिनुभएको हो ।सर्वोच्च अदालतको फैसलाले पुनःस्थापित भएको प्रतिनिधिसभा र जारी राजनीतिक अवस्थाकाबीच प्रतिनिधिसभाका बैठक व्यवस्थित ढङ्गले सञ्चालन गर्न सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल सुरु गर्न लाग्नुभएको हो ।

सभामुख सापकोटाले बैठक सञ्चालनको लागि सचिवालयले गरेको तयारीप्रति सन्तुष्टि व्यक्त गर्दै सर्वोच्चको फैसला खुसी र गौरवको विषय भएको र संसद अधिवेशनलाई स्वभाविक लयमा सञ्चालन गर्ने बताउनुभयो ।यता, संघीय संसद सचिवालयले आइतबारदेखि सुरु हुने बैठकको तयारी पूरा भइसकेको जनाएको छ । प्रतिनिधिसभा बैठकको पूर्वसन्ध्यामा बुधबारदेखि शुक्रबारसम्म संसदका सबै सांसद र कर्मचारीलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइँदैछ । यस्तै, सचिवालयले कोरोना संक्रमणलाई ध्यानमा राखी आवश्यक स्वास्थ्य मापदण्डका पूर्वाधारको पनि तयारी गरेको जनाएको छ ।प्रधानमन्त्रीको सिफारिसमा पुस ५ गते राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नुभएको थियो ।

तर, संवैधानिक इजलासमा २ महिना लामो बहसपछि फागुन ११ गते अदालतले विघटन बदर गर्नुका साथै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]