१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, कार्तिक १३, २०७७

सप्तरी – फ्रान्समा फेरी देशव्यापी लकडाउनको घोषणा गरिएको छ । कोरोनाको दोस्रो लहर शुरु भएको भन्दै फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोनले देशव्यापी लकडाउनको घोषणा गरेका छन् ।

कोरोनाको दोस्रो लहर झन् खतरनाक हुने भन्दै म्याक्रोनले अत्यावश्यक बाहेक सबैले घरबाटै काम गर्नुपर्ने बताएका छन् ।

राष्ट्रपति म्याक्रोनले शुक्रबारदेखि नोभेम्बर अन्त्यसम्मका लागि लकडाउनको घोषणा गरेका छन् ।

लकडाउन भएपनि स्कुल र उद्योग भने खुल्ने भएका छन् भने अति आवश्यक नभएका उद्योग, रेस्टुरेन्ट र बार बन्द हुने छन् ।

फ्रान्समा मंगलबार मात्र ३३ हजारमा कोरोना पुष्टि भएको थियो ।

फ्रान्ससँगै युरोपको अर्को प्रभावित देश जर्मनीले पनि आंशिक लकडाउनको घोषणा गरेको छ । जसमा रेस्टुरेन्ट, जिम र थिएटर बन्द हुने घोषणा गरिएको छ । जर्मनीमा बुधबारमात्र थप ३१० जनाको मृत्यु भएको छ भने २४ हजार ७०१ जना संक्रमित भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]