०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १८, २०७७

कञ्चनपुर – पछिल्लो समयमा कञ्चनपुरको दैजी–बेलडाँडी सडकखण्डमा चितुवा देखा पर्न थालेका छन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्ने सडकखण्डमा चितुवा देखिन थालेपछि ओहोरदोहोर गर्ने मानिसहरु त्रसित बनेका छन्।

कुनैबेला पनि घटना हुन सक्ने भन्दै आवतजावत गर्ने मानिसहरु त्रसित भएका छन्। यसैविच, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले बेलडाँडी–दैजी सडकखण्डको निकुञ्ज भित्रपर्ने बाटोमा नरोकिन, साना सवारीसाधनमा ओहोरदोहोर गर्दा सतर्कतापूर्वक ओहोरदोहोर गर्न, पैदल ओहोरदोहोर नगर्न अनुरोध गरेको छ।तर, चितुवाको राष्ट्रिय निकुञ्जमा समान्य मुभमेन्ट भएकाले चितुवाले सजिलै मानिसमा आक्रमण नगर्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल बहादुर पुनले बताएका छन्। उनले भने, “चितुवालाई पनि मानिस देखेर डर लाग्छ, छिटै आक्रमण गर्दैन, तरपनि सर्तकता अपनाउन जरुरी छ।”गर्मी बढेसंगै चितुवा पानी भएको ठाउँ अथवा सिकारको पछि लाग्दै सडकखण्डसम्म हुनसक्ने उनले बताए। निकुञ्जमा बाघ भएको स्थानमा चितुवा नबस्ने भएकाले पनि सडक क्षेत्रमा देखा परेको हुनसक्ने प्रमुख संरक्षण अधिकृत पुनको अनुमान छ।

चितुवाको निगरानी बढाउन निकुञ्जबाट कर्मचारी परिचालन गरेको उनले बताए। गाउँमा चितुवा नदेखिएकोले राष्ट्रिय निकुञ्जमा देखा परेको चितुवाले खासै समस्या उत्पन्न नगर्ने उनले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]