
काठमाडौं – बाँकेको राप्ती सोनारी गाउँपालिका–९ ढकरीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका छन् ।
पूर्व पश्चिम राजमार्गमा भे८प ३७९५ र भे५प ३८८९ नम्बरको मोटरसाइकललाई सोमबार बेलुका करिब सात बजे ना८ख ५४५६ नम्बरको टिपरले ठक्कर दिएको थियो ।दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार राप्तीसोनारी–८ का २५ वर्षीय ढगबहादुर खड्काको उपचारको क्रममा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा सोमबार बेलुकी नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय ३५ वर्षीय मानबहादुर खड्का र कोहलपुर–५ का ५१ वर्षीय सञ्जय चन्दको सोही अस्पतालमै उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न टिपर र चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।