
ताप्लेजुङ्गको दोभान बजारमा भीषण रुपमा आगलागी भएको छ ।
सदरमुकाम फुङ्गलिङ्ग बजार नजिकै रहेको दोभान बजारमा मंगलबार बिहान ८ बजेतिर आगलागी भएको हो । आगलागीबाट कम्तीमा १५ घर जलेको प्रहरीले जनाएको छ ।
त्यहाँ स्थानीयले आगो निभाउने प्रयास गरिरहेको जनाईएको छ । भने दमकल घटनास्थल जाँदै गरेको प्रहरीले जनाएको छ ।