सप्तरी – लात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले आर्थिक सहयोग गरेको छ ।
सुदूरपश्चिम समाज कोरियाले भागरथी भट्टको परिवारलाई दुई लाख ८३ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेको हो।समाजका कोषाध्यक्ष डीआर पनेरु, पूर्वअध्यक्षद्वय नरबहादुर सार्की र धर्मराज जोशी, पूर्वसचिव सुरेन्द्र भण्डारी, पूर्वकोषाध्यक्ष नवराज भट्टलगायतको समूहले भट्टको घरमै पुगेर सो सहयोग रकम हस्तान्तरण गरेका छन्।भागरथीको बलात्कारपछि हत्या भएपछि घरको पनि आर्थिक अवस्था कमजोर भएको थाहा पाएपछि सुदूरपश्चिम समाच कोरियाले सहयोग संकल सुरु भएको थियो ।
सुदूरपश्चिम समाज कोरियाले गत माघ २५ गतेदेखि सहयोगका लागि ‘भागरथीकी आमाका आँशु पुछौं’ अभियान चलाएको थियो। सोही अभियानबाट उठेको रकम भागरथीको घरमै पुगेको सहयोग गरिएको हो।