सोलुखुम्बुबाट सञ्चालित सामुदायिक रेडियो सोलु एफएम १०१.२ मेगाहर्जको स्टुडियोमा आगलागी हुँदा करिब १ करोड बराबरको क्षति भएको छ ।
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पुबजारमा रहेको रेडियोको स्टुडियोमा फागुन १६ गते राति करिब साढे १२ बजे आगलागी भएको हो ।रेडियोको भवनको ३ वटा कोठामा रहेको रेडियोमा प्रयोग भएको इलेक्ट्रिक सामानहरू पूर्ण रुपमा जलेर नष्ट भएको छ । साथै भवनमा समेत क्षतिपुग्दा करिब १ करोड बराबरको क्षति भएको अनुमा नगरिएको छ ।आगो नगरपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दा, रेडियोका कर्मचारीलगायतको सहयोगमा झण्डै २ घण्टापछि निभाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिए ।
२०६१ सालमा स्थापनाभएको सोलु एफएमअहिले एक हजारवाट क्षमतामा प्रसारण भइरहेको थियो । विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि यकिन कारण खेलेको छैन ।