१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, कार्तिक १२, २०७७

करीब तीन महीनापछि विश्वमा एकैदिन कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या मंगलबार सात हजार नाघेको छ।

यसअघि ५ अगष्टमा एकैदिन विश्वभर सात हजार ४८ जनाको मृत्यु भएको थियो। अक्टोबरमा २१ तारिख सबैभन्दा धेरै ६ हजार ८४९ जनाको मृत्यु भएको थियो। विश्वमा एकैदिन सबैभन्दा बढी संक्रमितको मृत्यु १७ अप्रिलमा भएको थियो। उक्त दिन आठ हजार ५१४ जनाको मृत्यु भएको तथ्याङ्क छ।

हिजो सबैभन्दा धेरै अमेरिकामा १०३७ जनाको मृत्यु भएको छ। अक्टोबरमा दोस्रोपटक अमेरिकामा मृतकको संख्या एकैदिन एक हजार नाघेको हो। यसअघि २१ अक्टोबरमा एक हजार २२१ जनाको मृत्यु भएको थियो।

त्यस्तै मंगलबार ब्राजिलमा ५३०, फ्रान्समा ५२३ र भारतमा ५१९ जनाको मृत्यु भएको छ। फ्रान्समा संक्रमित र मृतकको संख्या अकस्मात बढ्न थालेको हो। त्यहाँ राष्ट्रिय आपतकाल लगाइसकिएको छ।

हिजो विश्वभर चार लाख ५७ हजारभन्दा बढी संक्रमित फेला परेका छन्। अमेरिका र युरोपियन देशमा संक्रमितको संख्या फेरि बढ्न थालेको छ। अघिल्लो साताभन्दा युरोपमा ४० प्रतिशतले संक्रमितको संख्या बढेको विश्व स्वास्थ्य संगठनलाई उधृत गर्दै बीबीसीले जनाएको छ।

खासगरी फ्रान्स, स्पेन, बेलायत, इटाली, नेदरल्यान्ड्स र रसियामा संक्रमित बढ्न थालेका छन्। स्पेनले नियन्त्रणका लागि कडा प्रतिबन्धको घोषणा गरिसकेको छ। इटालीले पनि नयाँ नियमहरु सार्वजनिक गरेको छ। जाडो महीना शुरु हुन थालेपछि यी देशमा संक्रमण बढ्न थालेको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]