०२ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १८, २०७७

बहुविवाहका एक अभियुक्तलाई सप्तरी जिल्ला अदालतले एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले सोमबार सिरहाको लहान नगरपालिका-१८ भदैयाका ३४ वर्षीय विनोदकुमार चौधरीलाई एक वर्ष कैद र १० हजार जरिवानाको फैसला गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।चौधरीकी श्रीमती गयादेवी चौधरीले उनीविरुद्ध बहुविवाहको उजुरी दिएकी थिइन्। उनीहरुका १० वर्षीया एक छोरी छिन्। विनोदले सप्तरीको सुरुङ्गा नगरपालिका–५ की २८ वर्षीया फुलकुमारी चौधरीसँग बहुविवाह गरेका हुन्। गयादेवीले २०७५ भदौ १४ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएकी थिइन्।

आरोपित चौधरी सुरुङ्गा नगरपालिका–६ स्थित श्री त्रियुगा डिस्टिलरीमा कार्यरत थिए। बहुविवाहको आरोपमा इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीले विनोदलाई २०७५ भदौ १५ गते पक्राउ गरेको थियो। सप्तरी जिल्ला अदालतको आदेशमा आरोपित विनोद २०७५ असोज ११ गते ५० हजार धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए।

बहुविवाह गर्ने फुलकुमारी भने हालसम्म पक्राउ परेकी छैनन् । उहाँको हकमा मुद्दा मुल्तबी राखिएको सूचना अधिकारी बुढाथोकीले जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]