
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आधिकारिकता पाइसकेको दाबी गरेका छन् ।
पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीचको एकता सभालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै उनले निर्वाचन आयोगसँगको छलफल, कुराकानीका आधारमा आफू यो निष्कर्षमा पुगेको बताएका हुन् ।उनले प्रधानमन्त्री केपी शर्मा ओलीको यसमा पनि हार हुने जिकिर गरे । ओली सबैतिर नांगेझार भइसक्दा पनि लुगा लगाएर हिँडेको भान पार्दा आफू आश्चर्यमा परेको उनले बताए ।
अध्यक्ष प्रचण्डले केही दिनभित्रै नयाँ सरकार गठन हुने र ओली वहिर्गमन हुने जिकिर पनि गरे ।