०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण १७, २०७७

विश्वमा जतिपनि स्टार खेलाडी छन, उनीहरुको निजी जीवनका बारेमा समय समयमा विभिन्न चर्चा हुनेगर्छन ।

केहि करियरको चर्चा त कहिले खेलमा गरेको प्रदर्शनको चर्चा, यतिमात्र होइन, कतिपय खेलाडी निजी जीवनका कारण पनि निकै चर्चामा हुने गर्छन । यस्तैमा प्रेमीकाको सम्बन्धका कारण चर्चामा रहेका एक स्टार फुटबलर हुन नेयमार ।सम्पत्तीका हिसावले एक सातामा नै लाखौं डलर कमाउने नेयमारको प्रेम जीवनमा निकै रोचक घटना भएका छन । नेयमार र उनी पूर्व प्रेमीका ब्रुनाको सम्बन्ध कुनै चलचित्रको कथा भन्दा कम छैन । यो सम्बन्धका कारण नेयमारको निकै चित्त दुखेको थियो ।ब्राजिलियन नायिका समेत रहेकी ब्रुनासँग नेयमारको भेट सन् २०१२ को रिया कार्निभलमा भएको थियो । त्यो बेला सामान्य चिनजान भएपनि यी दुई जोडी निकै चाँडै एक अर्कासँग नजिक भएका थिए ।

ब्रुनासँग भेटेपछि नेयमार उनको प्रेममा परिसकेका थिए । त्यसैले उनले ब्रुनालाई भेटेको केहि सातामा नै सोसियल मिडियामा तस्विर राखेर सार्वजनिक रुपमा नै आफु प्रेममा रहेको बताएका थिए र उनले ब्रुना आफ्नो प्रेमीका रहेको भनेर पनि खुलाएका थिए ।ब्रुनालाई प्रेमीका बनाउनका लागि नेयमारले निकै जेन्टलम्यान बनेका थिए । उनीहरु गहिरो प्रेममा भइरहेका बेला विचमा नेयमार र ब्रुनाको करियर आइपुग्यो । त्यो बेला यूरोपमा खेलिरहेका नेयमारले त्यो ठाँउ छोड्न सक्ने अवस्था थिएन । यता ब्रुनालाई पनि करियरका कारण ब्राजिल छोडेर यूरोप जान निकै कठिन थियो ।करिव ६ बर्षको प्रेममा निकै उताडचडावका विच सन् २०१८ मा ब्रुनालाई करियर र प्रेममध्ये एकलाई छोड्नुपर्ने अवस्था आयो । तर त्यसमा उनले करियरलाई नै प्राथमिकता दिएर ब्राजिलमा नै बस्ने निर्णय गरिन । त्यसपछि नेयमारलाई जीवनका ठूलो निर्णय गर्नुपर्ने अवस्था आयो । त्यो थियो, प्रेमीका ब्रुनासँग सम्बन्ध टुटेको भनेर ।

सन् २०१८ मा ब्रुनाले इन्टाग्राममा आफु र ब्रुना अब एकसाथ नभएको तर अझैपनि एक अर्काप्रति निकै ठूलो आदर रहेको भनेर पोष्ट गरेका थिए । त्यसपछि नेयमारको जीवनमा एउटा ठूलो पहिलो जस्तै गयो । तरपनि उनले आफुलाई सम्हालेर राखे ।आफ्नो प्रेमलाई निरन्तरता दिन नसकेपनि नेयमारले ब्रुनासँगको सम्बन्धलाई राम्रो तरिकाले अगाडी बढाए र आफुले गरेका बाचाहरुलाई कायम राखे ।त्यो बेला उनले भनेका थिए, यदि ब्रुनाले विवाह गरेपनि उनको विहेमा जाने बताएका थिए । प्रेमीकासँग सम्बन्ध टुटेपछि नेयमारले केहि समय सम्हालिएर बाउन्स ब्याक गरे ।केहि समय डिप्रेसनमा गएपनि उनले पेरिस सेन्ट जर्मेनमा गएपछि पुर्ण रुपमा स्फुर्त भएर मैदानमा फर्किए । उनी बार्सिलोनाबाट कीर्तिमानी रकममा पीएसजी गएपछि आफु निकै खुसी भएको र यहि बस्न चाहेको र यहाँको जीवनशैली आफुलाई मन परेको भन्दै इन्टामा लेखेका थिए ।अहिले नेयमार पीएसजीमा नै रहेको छ । तरपनि उनको जीवनशैलीको चर्चा बेला बेला नकारात्मक रुपमा पनि हुने गर्छ ।

तर ब्रुनासँगको सम्बन्धका कारण उनको मन जति दुखेको थियो, त्यो उनले कहिलेपनि बिर्सदैनन् । उनको सम्बन्धको ६ बर्षमा चार पटक उनी छुट्टिएर जोडिएका थिए । तर अन्तिम पटक अलग हुँदा भने नेयमार निकै दुःखी भएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]