
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द विप्लवलाई सुतली बम पड्काएर नबस्न आग्रह गरेका छन् ।
पोखरा महानगरपालिका–३ नदीपुरमा निर्माण हुने गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान शिलान्यास समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले विप्लवलाई सुतली बम पड्काएर नबस्न र शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गरेका छन् ।विप्लव समुहसँग छिट्टै वार्ता हुने तयारी भएको बताउदै प्रधानमन्त्री ओलीले शान्तिपूर्ण मुलधारको राजनीतिमा आए जनताले जयजयकार गर्ने बताए ।भयरहित देश बनाउने अभियानमा लाग्न आग्रह गर्दै गलत बाटो छोड्न आग्रह गरे ।
उँहाहरु हिडिरहेको बाटो ठिक छैन । सुतली बम पड्काएर किन बस्नुहुन्छ । देशलाई सम्बृद बनाउने अभियानमा लाग्नुस् , किन जनतालाई तर्साउने अभियानमा लाग्नुस् । मलाई लाग्छ उँहाहरुसँग छिट्टै वार्ता हुने छ र उँहाहरुले सहि बाटो समाउनुहुने छ ।’
‘ममाथि तिब्र प्रहार भयो’प्रधानमन्त्री ओलीले सरकार ठिक ढंगले अगाडी बढिरहेकोले आफूमाथि तिब्र गतिले प्रहार भएको उनले बताए ।उनले भने, ”यदि ममाथि कुनै शारीरिक हमला नै भयो भनेपनि अनौठो नमान्नु होला, तर त्यस्तो हुन दिइने छैन । हामी शतर्क हुनेछौं ।’अहिले आन्दोलन र पार्टी समाप्त पार्न केहि समुह लागेको भन्दै सुनियोजित रुपमा आफूमाथि आक्रमण गरेर कुप्रचार गरिएको आरोप प्रधानमन्त्री ओलीले लगाए ।
प्रधानमन्त्री ओलीले देश विकास तिब्र रुपमा भएको बताउदै आइतबार मात्र आफुले झापामा ३१ वटा पुल उद्घाटन गरेको बताए । अहिले देश विदेशका शक्तिहरु पार्टीलाई ध्वस्त पार्न सक्रिय भएको बताउदै आफूविरुद्ध १९ लिखित आरोप लगाएर सुनियोजित रुपमा प्रहार गरिएको बताए ।